२० अर्ब चुक्ता पुँजी भएको इन्फ्रास्टकर बैंकले भोलिदेखि औपचारिक कारोबार सुरु गर्ने



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक बुधबारबाट औपचारीक रुपमा सञ्चालनमा आउने भएको छ । माघ २९ मा राष्ट्रि बैंकबाट राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकको रूपमा वित्तीय कारोबार गर्ने इजाजत पाएको थियो ।

उक्त बैंकको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकको औपचारीक रुपमा उद्घाटन गर्ने बताइएको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १०७ बमोजिम २०७५ जेठ २५ गते राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकको रूपमा इन्फ्रास्ट्रक्चर बैंक दर्ता भएको थियो । यस बैंकमा सरकारसहित केही वाणिज्य बैंक, बिमा कम्पनीहरू, लघुवित्त, नीजि कम्पनीहरूको संयुक्त लगानी रहेको छ । बैंकको सरकारको १० र नीजि क्षेत्रको ९० प्रतिशत लगानी रहेको छ ।

२० अर्बको पुर्वाधार विकास बैंकमा अर्थमन्त्रीको हस्तक्षेप, अध्यक्ष नहटाए लाइसेन्स दिन्न भनेपछि…

४० अर्ब अधिकृत पुँजी, २० अर्ब जारी पुँजी र १२ अर्ब चुक्ता पुँजी रहेको बैंकले सार्वजनिक तथा निजी साझेदारीमार्फत नेपालको पूर्वाधार (यातायात, कृषि, उर्जा, पर्यटन, सेज, आधुनिक शहरी पूर्वाधार, सूचना प्रविधी) लगायतको विकासमा काम गर्ने लक्ष्य रहेको छ ।
बैंकले ६ अर्ब रुपैयाँको सेयर सर्वसाधारणलाई जारी गर्ने छ ।


क्लिकमान्डु