टोयोटाको रस रोड शो सम्पन्न




काठमाडौं । युनाइटेड ट्रेडर्स सिण्डिकेटले “टोयोटा रश रोड शो” आयोजना गरि उक्त शो सम्पन्न गरेको छ ।

७ दिने लामो यो शो कार्यक्रम काठमाडौ– चितवन – बुटवल हुँदै पुन काठमाडौ आई समाप्त भएको छ । यही फागुन ८ गते देखि शुरु गरिएको सो कार्यक्रम करिब १७० कि.मि. को यात्रा गरी सयौं ग्राहकहरुलाइ सक्रियतापुर्वक सहभागि गराई यही फागुन १४ गते काठमाडौमा फर्की टुंगिएको हो ।

चितवन र बुटवलका उपभोक्तालाइ प्रमुख लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रम दुवै शहरहरुमा २ दिन कार्यक्रम संंचालन गरेको छ । चितवनमा ३ वटा रोड शो र बुटवलमा १ वटा रोड शो साथै दुवै शहरहरुमा अवस्थित अटो वेजमा शोरुम इण्टर्याक्सन पनि गरिएको आयोजकले जानकारी गराएको छ ।

यस कार्यक्रमले निकै सकारात्मक प्रतिक्रिया प्राप्त गरेको र अप्रत्याशित रुपमा ग्राहकहरुको सहभागिता दुवै शहरहरुमा देखिएको छ । यस रोड शो ले दुवै शहरहरुमा ८० जना ग्राहकहरुलाइ शो रुम इण्टर्याक्सन गराई अन स्पट १० वटा टोयोटा बुकिड्ढ गर्न लिन सफल भएको छ । सो कार्यक्रममा रहेको विभिन्न सुविधा, जस्तै न्युनतम डाउन पेमेन्ट, नगद छुट, एक्सचेन्ज बोनस, १ वर्षको इन्सुरेन्स, १ वर्षको सडक कर र टेस्ट ड्राइभमा उपहारहरुले यस रोड शोलाइ तुलनात्मक रुपमा प्रतिष्पर्धीहरु भन्दा निकै अगाडी रहेको र सोहि गतिमा बढ्ने कुरा साबित गरेको छ ।


पुष्प दुलाल