७८ हजार भारुमा होन्डाको नयाँ युनिकन सार्वजनिक, नेपालमा कहिले ?




काठमाडौं । होन्डा मोटरसाइकलले नयाँ सिबि युनिकन १५० सार्वजनिक गरेको छ । भारतमा सार्वजनिक गरिएको उक्त मोटरसाइकलको मूल्य ७८ हजार ८ सय १५ भारु कायम गरिएको छ ।

एन्टि लक ब्रेक अर्थात एविएस सुविधासहित तयार पारिएको नयाँ मोटरसाइकल नन एविएस पुरानो मोटरसाइकलभन्दा ६५०० रुपैँया महङगो रहेको छ । अन्य मोटरसाइकल उत्पादकहरुको जस्तै यसमा पनि सिङगल च्यानल एविएस युनिट रहेको छ र अगाडिको चक्कामा २४० एमएमको डिस्क ब्रेक पनि राखिएको छ । पछाडिको चक्कामा भने उहि १३० एमएमको ड्रम ब्रेकले निरन्तरता पाएको छ । होन्डा सिबि युनिकन १५० मोडल सबैभन्दा धेरै कुदने मोडलहरुमध्येको एक भएको र यो नै अहिलेको माग भएको कम्पनीको दाबि छ ।

मोटरसाइकलको क्षमता समेत उहि पुरानै १४९.२ सिसी र पाँचवटा स्पिड गियरबक्स रहेको छ ।

यसमा रहेका विशेषताहरुमा एनालग इन्ट्रुमेन्ट कन्सोल, ट्युबलेस टायर, कार्बुरेटर कभर रहेका छन । त्यसैगरि यसको तेल क्षमता १३ लिटर रहेको छ । रातो, कालो र खैरो गरी तीनवटा रङमा उपभोक्ताले मोटरसाइकल प्रयोग गर्न पाउनेछन ।


पुष्प दुलाल