देशका विभिन्न शहरमा रेनो सर्भिस क्याम्प शुरू



काठमाडौं, १३ फागुन – रेनोको नेपालको लागि आधिकारिक वितरक एड्भान्स अटो मोवाइल्स् ले आफ्नो उपभोक्ताको सुविधाका लागि रेनो सर्भिस क्याम्प संचालनमा ल्याएको छ । यो सर्भिस क्याम्प चैत्र ५ गतेसम्म नेपालका विभिन्न शहरहरुमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

रेनोले यो सर्भिस क्याम्पको थिम ‘ड्राइभ बेटर, लिभ बेटर’ रहेको छ । जसले ग्राहकलाई सर्वोत्तम र अनुकरणीय सेवा दिनुका साथै मर्मतको पनि सुविधा प्रदान गर्नेछ । रेनोको सर्भिस क्याम्प देशका प्रमुख शहरहरुमा उपलब्ध हुनेछ ।

यो सर्भिस क्याम्पमा सहभागि हुने ग्राहकले विभिन्न छुटका सुविधाहरु पाउने छन् । जसमा निःशुल्क लेबर चार्ज, १५ प्रतिशत लुब्रिकेन्टमा छुट, एसीमा २०० जिएम रिफिलिङ निशुल्क, स्पेयर पार्टस्मा १० प्रतिशत छुट, निशुल्क भेइकल चेकअप, धुलाई र कोलेन निशुल्क दिइने बताइएको छ ।


पुष्प दुलाल