प्रदेश लोकसेवा आयोग विधेयक सर्वसम्मतिले पारित



काठमाडौँ । राष्ट्रियसभाले प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५   सर्वसम्मतिले पारित गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐनलाई सशोधन गर्ने विधेयक, २०७५लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस भन्ने प्रस्तावलाई पनि बैठकले अनुमोदन ग¥यो ।


पुष्प दुलाल