आफूविरुद्ध संगठितरुपमा खनिएका ब्रोकरलाई सेबोन अध्यक्ष कार्कीले छलफलमा बोलाए



काठमाडौं । आफू विरुद्ध संगठितरुपमा खनिएपछि स्टक ब्रोकरहरुलाई नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले छलफलका लागि बोलाएका छन् ।

स्टक ब्रोकर एसोशिएनका अध्यक्ष भरत रानाभाटसहति कार्यसमितिका सदस्यहरु, पूर्वअध्यक्षहरु र केही ब्रोकर गरी दर्जन बढी ब्रोकरहरु छलफलमा भाग लिन धितोपत्र बोर्डको कार्यालयमा पुगेका छन् ।

दुईदिन अघि संसदको अथै समितिमा बोर्ड अध्यक्ष कार्कीले ब्रोकरलाई गालीगलौज तथा अपमान गरेको भन्दै बिहीबार ब्रोकर संघले ६ पृष्ठ लामो ज्ञापनपत्र बुझाएको थियो ।

सेबोन अध्यक्ष रेवतबहादुरले अपमान गरेको भन्दै ब्रोकर संघको आपत्ति, यस्तो ज्ञापनपत्र बुझायो

संघले धितोपत्र बोर्डमा बुझाएको ज्ञापनपत्रमा बोर्ड अध्यक्ष कार्कीको कार्यशैली र सरोकारवालामाथि प्रहार गर्ने शब्दहरुमा गंभीर आपत्ति जनाएको थियो ।

धितोपत्र बोर्ड ब्रोकरहरुको सुपर रेगुलेटरी बडी हो ।

‘हाम्रो असहमति धितोपत्र बोर्डसँग हुँदै होइन, बोर्ड अध्यक्ष कार्कीको कार्यशैली र अभिव्यक्तिसँग हो,’ छलफलमा भाग लिन पुगेका एक ब्रोकरले क्लिकमाण्डूसँग भने, ‘नियामकले हामीलाई संसदीय समितिमै महाशत्रू घोषणा गरेपछि कसरी हामीलाई काम गर्ने वातावरण बन्छ ?’


पुष्प दुलाल