टेलिकमको भ्वाइसप्याक अफरः ३५ रुपैयाँमा १० मिनेट चीन र १५ मिनेट भारत फोन गर्न पाइने



काठमाडौं । नेपाल टेलिकमले चीनमा फोन गर्नका लागि आकर्षक भ्वाइसप्याक अफर सञ्चालनमा ल्याएको छ । टेलिकमको अफर अनुसार अब टेलिकमका ग्राहकले ३५ रुपैयाँमै चीनमा रहेका आफन्तसँग १० मिनेट गफ गर्न पाउने भएका छन् ।

त्यसैगरी, ७ दिनका लागि १५० रुपैयाँमा ४५ मिनेटको र ३० दिनका लागि ५०० रुपैयाँमा १६५ मिनेटमै फोन गर्न सकिने टेलिकमले जनाएको छ । त्यसका लागि तपाईंले *१४१५*7#  डायल गरी भ्वाइसप्याक लिन सक्नु हुनेछ ।

त्यसैगरी, टेलिकमले भारतमा फोन गर्नका लागि भने ३५ रुपैयाँमा १५ मिनेटको भ्वाइस प्याक दिने भएको छ । ७ दिनका लागि १५० रुपैयाँमा ६५ मिनेट र ३० दिनका लागि ५०० रुपैयाँमा २१५ मिनेट फोन गर्न सकिने भएको ।


पुष्प दुलाल