लन्च नहुँदै ४००० बुकिङ भयो महिन्द्रा एक्सयुभी-३००, यस्ता छन् विशेषता



काठमाडौं । महिन्द्रा कम्पनीका धेरै गाडी बजारमा उपलब्ध छन् । कति सफल भए कति भएनन् ? पछिल्लो समय महिन्द्राले बनाएको महिन्द्रा एक्सयुभी–३०० ले निकै बजार लिने संकेत गरेको छ ।

खासमा सब कम्प्याक्ट एसयुभी सेग्मेन्टमा प्रतिस्पर्धा गर्न सक्ने गाडीको खोजीमा थियो महिन्द्रा । महिन्द्रा एक्सयुभी ३०० ले त्यो अभाव पुरा गर्ने विश्वास कम्पनीले लिएको छ ।

यो गाडी फेब्रुअरी १४ तारिखमा भारतमा लञ्च हुने भएको हो । लञ्च नहुँदै ४००० गाडी बुक भइसकेको कम्पनीले जानकारी दिएको छ ।

महिन्द्रा एक्सयुभि-३०० स्याङयोङको एक्स-१०० प्लेटफर्ममा तयार पारिएको छ । यो कारले टाइभोलीका केहि विशेषताहरु आत्मसात गरेको छ ।

तर टाइभोली र महिन्द्रा एक्सयुभि३०० ठ्याक्कै एउटै मोडल भने होइनन् । महिन्द्राले तयार पारेको यो गाडीको लम्बाइ ३९९० एमएम, चौडाई १८२० एमएम, उचाई १६२० एमएम, ह्वीलबेस २६२० एमएम र ग्राउण्ड क्लियरेन्स १८० एमएम रहेको छ ।

महिन्द्राको यो गाडी टाइभोली गाडीभन्दा छोटो छ । तर यी दुबै गाडीको ह्वीलबेस २६२० एमएम रहेको छ । महिन्द्रा एक्सयुभी–३०० मोडलको गाडीको डिजाइन अरु गाडीभन्दा फरक छ । यो गाडी बनाउँदा महिन्द्राले आफुले पहिला निर्माण गरेको महिन्द्रा एक्सयुभि ५०० बाट प्रेरणा लिएको बताएको छ । एस्कयुभि–३०० को लन्च भाग एक्सयुभि–५०० जस्तै छ ।

के छन त अन्य विषेशता ?

एस्सयुभि-३०० मा प्रयोग गरिएको रङ महिन्द्राकै मराज्जु गाडीमा जस्तै अफ–ह्वाइट र व्ल्याक प्रयोग गरिएको छ । तर मराज्जुमा भन्दा यसका अझै राम्रो देखिन्छ । यसको बुट स्पेस ३०८ लिटर रहेको छ । यो गाडिमा डुअल क्लाइमेट कन्ट्रोल, सनरुफ, फ्रन्ट र रेयर पार्किङ सेन्सर, अटो डिमिङ इनर रेयर भ्यु मिरर र चारवटै डिस्क ब्रेक भएका चक्का छन ।

यसका साथै अटो क्लाइमेट कन्ट्रोल, एप्पल र एन्ड्रोइट कनेक्टीभिटी अप्सन, कुल्ड आर्मरेस्ट बक्स, कु्रज कन्ट्रोल, स्टेरिङमा अडियो कन्ट्रोल बटन , इन्जिन स्र्टाट स्टप बटन, रेयर भ्यु क्यामेरा लगायत अन्य धेरै विशेषता रहेका छन् ।

अर्को रमाइलो विशेषता के भने भने यसमा ड्राइभिङ मुड अनुसार स्टेरिङको वजन परिवर्तन गर्न मिल्छ । जबकि यसको अगाडि रहेको सेन्टर आर्मरेस्ट स्लाइड हुँदैन र पछाडि ए.सी भेन्ट अर्थात प्वाल छैन जुन एउटा नयाँ विशेषता मानिएको छ ।

महिन्द्रा एक्सयुभि ३०० मा दुईवटा इन्जिन अप्सन रहन्छनः एउटा १.५ लिटर डिजल युनिट र १.२ लिटर पेट्रोल युनिट । डिजल युनिटको गाडीमा चार सिलिण्डर युनिट रहन्छ भने पेट्रोल युनिटमा तीनवटा सिलिण्डर रहन्छन ।

महिन्द्रा एक्सयुभी ३०० मा सातवटासम्म एयरव्याग रहनेछन जसमध्ये एउटा व्याग ड्राइभरको घुडाको सुरक्षाका लागि हुनेछ । यसका साथै यो गाडीमा इबिडीसँगै एबिएस र रेयर पार्किङ सेन्सर राखिएको छ । यसमा भएका अन्य विशेषतामा इलेन्ट्रोनिक स्टाविलिटी प्रोगाम, हिल स्टार्ट आसिस, हिल डिसेन्ट कन्ट्रोल र ट्रयाक्सन कन्ट्रोल रहेका छन ।

भारतमा राम्रो बजार लिने सङकेत गरेको यो गाडी नेपालमा कहिले भित्रिन्छ भन्ने खुल्दुली नेपाली गाडी प्रयोगकर्ताहरुमा परेको छ ।


पुष्प दुलाल