बजाजको पल्सर राईड मेनिया–बुटवलबाट रानीमहलसम्म




काठमाडा । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक तथा उच्च मोटरसाइकल बिक्री वितरण गर्ने कम्पनी एचएच बजाजले बाइक राईडिङ्ग इभेन्ट “पल्सर राईड मेनिया”प्रस्तुत गर्ने भएको छ ।

बजाजले आज उक्त ¥याली आयोजना गरेको हो । पल्सर राईड मेनियामा बुटवलका पल्सर राईडरहरुले सहभागीता जनाएका थिए ।उक्त राईड मेनिया बुटवलबाट शुरु भएर रानीमहलमा पुगेर समापन भएको थियो ।

पल्सर राईड मेनियाले १५ जना राईडरका लागि राईड र खुसीको अनुभव गर्ने अवसर प्रदान गरेको छ । एचएच बजाजले पल्सर राईड मेनिया प्रत्येक महिना सञ्चालन गर्ने भएको छ । प्रत्येक महिना राईड मेनिया, बजाज मोटरसाइकल बुटवलका लागि आधिकारिक बितरक भैरब अटोमोबाइलस् प्रा.ली. ले बुटवलबाट शुरुभएर नँया–नँया गन्तब्यमा राईडर्सलाई लैजाने जनाएको छ ।


पुष्प दुलाल