प्रभु लाइफ इन्स्योरेन्सले खोल्यो तीन स्थानमा शाखा



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले तीन स्थानमा शाखा खोलेको छ । इन्स्योरेन्सले नेपालगन्ज,घोराही र बुटवलमा शाखा खोलेको हो ।
कम्पनीका अध्यक्ष आत्मराम घिमिरेले शाखाको उद्घाटन गरे ।

अध्यक्ष डा. आत्मा राम घिमिरले कम्पनी आफनो शाखाहरु विस्तारको क्रममा रहेको र अरु जीवन बीमा कम्पनीहरुका भन्दा राम्रा बीमा योजना भएको दाबी गरे ।
कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले जीवन बीमालाई गाउँ सम्म पुर्याउने उद्घेश्य सहित प्रभु लाइफ इन्स्योरेन्सको स्थापना भएको बताए ।

दुई अर्ब चुक्तापूँजी रहेको प्रभु लाइफइन्स्योरेन्स लिमिटेडमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन्।कम्पनीले निकट भविष्यमा बाँकी ६०करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्नेछ ।


क्लिकमान्डु