साढे ३ करोड खर्चेर दरबारमार्ग र न्यूरोडमा लिफ्टसहितका स्मार्ट पार्किङ बनाइने, माघमै सम्झौता



काठमाडौं । काठमाडौं महानगरपालिकाले दरबारमार्ग र न्यूरोडमा स्मार्ट पार्किङ निर्माण गर्ने भएको छ । दरबारमार्गमा सडकमा र न्यूरोडमा भने लिफ्टसहितको पार्किङ निर्माण गरिने महानगरपलिाकाले बताएको छ ।

दरबारमार्गमा स्मार्ट पार्किङ निर्माणको लागि माघभित्रमा सम्झौता गर्ने तयारी गरेको महानगरले न्यूरोडमा निर्माण हुने स्मार्ट पार्किङको बारेमा भने छलफल चलिरहेको बताएको छ ।

यी २ स्थानमा यसअघि नै स्मार्ट पार्किङको व्यवस्था गर्नेे बताँउदै आएको महानगरले हाललाई भने दरबारमार्गको करिब ५० मिटरको दुरीमा स्मार्ट पार्किङको निर्माण गर्न लागेको हो ।

यसअघि महानगरले २०७३ असोजमा न्यूरोडको धर्मपथमा लिफ्ट सहितको पार्किङ निर्माण गर्ने योजना बनाएको थियो । दरबारमार्गमा हाल पार्किङ गरिरहेको सडक स्थानलाई रेखाकंन गरी व्यवस्थित गरिने छ ।

इटालियन टोलीको अध्ययन अनुसार न्यूरोडमा करिब २ करोड र दरबारमार्गमा डेढ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।

‘दरबारमार्गको करिब ५० मिटर जतिको दुरी अर्थात् महेन्द्रको शालिकदेखि हिमालयन ट्रस्ट सम्मको क्षेत्रको सडकमा नै स्मार्ट पार्किङ निर्माण गरिनेछ, यहाँ पार्किङको लािग भवन भने बन्ने छैन,’ महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने क्लिकमाण्डूसँग भने ।

स्मार्ट पार्किङमा समय अनुसार शुल्क निर्धारण गरिने साथै प्रविधिको पनि प्रयोग गरिनेछ तर यो नै प्रविधि प्रयोग गर्ने भन्ने बारेमा टुंङ्गो भने लागि नसकेको महानगरको भनाई छ ।

समय अनुसार रकम लिने हुदाँ पहिला फ्रि पार्किङको जस्तो एउटै व्यक्तिले लामो समयसम्म पार्किङ गर्ने प्रविृत्तको अन्त्य भई सबैलाई पार्किङमा सहज हुने डंगोलले बताए ।

निजी क्षेत्रसँग सहकार्य गरेर निर्माण गर्ने लागेको स्मार्ट पार्किङमा उठेको रकम मध्ये २० प्रतिशतमात्र महानगरले लिनेछ ।

प्रवक्ता ढंगोलका अनुसार इटालियन टोलीले न्यूरोड र दरबारमार्गको स्मार्ट पार्किङलाई लिएर अध्ययन गरेको बताए ।

‘इटालीयन कम्पनीले गरेको अध्ययन अनुसार उक्त स्थानमा स्मार्ट पार्किङ गर्न सकिने बताएसँगै निर्माणकार्यलाई जोड दिइएको हो,’ उनले भने ।

इटालियन टोलीको अध्ययन अनुसार न्यूरोडमा करिब २ करोड र दरबारमार्गमा डेढ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।

कार र बाइक छुटाछुटै स्थानमा पार्किङ हुनेछ भने दरबारमार्ग र न्यूरोडको पार्किङमा झण्डै ३० वटा कार र झण्डै १ सय वटा मोटरसाइकल राख्न सकिने छ ।

महानगरका अनुसार उक्त टोलीको अध्यनन अनुसार दरबारमार्गमा भने सडकमा रेखाकंन गरी प्रविधियुक्त पार्किङस्थल हुनेछ ।

उक्त पार्किङ क्षेत्रमा सेन्सर, सिसिटिभी, इलोक्ट्रोनिक ट्याग जस्ता प्रविधि हुनेछ । यस्तै पार्किङको अवस्था मोबाइल मार्फत् जान्न सकिने छ ।


पुष्प दुलाल