युनाइटेड इन्स्योरेन्सले दश बराबर २४ कित्ता हकप्रद सेयर दिने



काठमाडौँ । युनाइटेड इन्स्योरेन्सले हकप्रद दश बजार २४ कित्ताको दरले हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीको यही माघ २२ गते बसेको सञ्चालक समितिको बैठकले दश बराबर २४ कित्ताको दरमा हकप्रद जारी गर्ने निर्णय गरेको हो।

सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४÷७५ को वार्षिक साधारणबाट पूँजी वृद्धि गर्न समयको अभाव भएको र बीमा समितिले तोकेको समयसीमाभित्र पूँजी वृद्धि गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै हकप्रद जारी गर्नुपरेको जनाएको छ ।

रु ३० करोड २४ लाख चुक्ता पूँजी रहेको इन्स्योरेन्सको प्रस्तावित हकप्रदपछि चुक्ता पूँजी रु एक अर्ब दुई करोड ८१ लाख ६० हजार पुग्नेछ ।

सञ्चालक समितिले प्रस्ताव गरेको हकप्रद जारी गरि पूँजीवृद्धि योजना बीमा समितिबाट स्वीकृत भई कम्पनीको विशेष साधारण सभाबाट पारित भएपछि प्रक्रियामा जानेछ ।


क्लिकमान्डु