वार्षिक उत्सवको अवसरमा टेलिकमले ल्यायो अफरै अफर, तपाई कुन लिने ?



काठमाडौं । नेपाल टेलिकमले स्थापनाको १५ औं वार्षिकोत्सवका अवसरमा अफरको बहार ल्याएको छ ।

टेलिकमले आजदेखि फागुन २२ गतेसम्म नेपाल टेलिकमको एप डाउनलोड तथा रजिष्टेशनमा निशुल्क १० एमबी डाटा उपलब्ध गराउने जनाएको छ ।

यही अवसरमा जिएसएम पोष्टपेड ग्राहकलाई ९०० को प्याकेजमा प्रतिमहिना २ जिबी डाटा र ५०० को निशुल्क बोनस दिँदै आएकोमा अब प्रति महिना अल टाईम डाटा ३.३ जिबी र ५०० को निशुल्क रिसोर्स उपलब्ध गराउने जनाएको छ ।

भोलिदेखि फागुन ८ गतेसम्म रजिष्टर हुने नयाँ जिएसएम पोष्टपेट मोबाइलका ग्राहकलाई तीन महिनासम्म प्रति महिना अल टाईम डाटा १ जिबी र १०० मिनेट अल टाइम भ्वाईस बोनस उपलब्ध गराउने जनाएको छ ।

टेलिकमका अनुसार टुरिष्ट प्याकेज अन्तर्गत ५०० मा ५ जिबी डाटा र नेपाल टेलिकमको नेटवर्कमा ५० मिनेट भ्वाईस ५० एसएमएस तथा १०० रुपैयाँको अन्तराष्ट्रय कमल समेत गर्न सकिने अवसर रहेको छ ।

यसैगरी १००० मा १० जिबी डाटा र टेलिकमको नेटवर्कमा १० मिनेट भ्वाईस र १०० एसएमएस तथा २०० को अन्तराष्ट्रिय कल समेत गर्न सकिने अफर रहेको छ ।

टेलिकमले आजदेखि ९० दिनका लागि दैनिक, साप्ताहिक र मासिक चाईना कल प्याकेज अन्तर्गत क्रमशः ३० रुपैयाँमा १० मिनेट, १५० मा ४५ मिनेट र पाँच सय रुपैयाँमा १६५ मिनेट उपलब्ध गराउने जनाएको छ ।

टेलिकमले वार्षिकोत्सवको अवसरमा २०७४ असार मसान्तसम्म बक्यौता तिर्न बाँकी रहेका सर्वसाधारणले आगामी असार मसान्तसम्म तिरेमा सबै जरिवाना मिनाहा गर्ने जनाएको छ ।

एफटिटिएच माईग्रेसन योजना अन्तर्गत एक वर्षदेखि नियमीत एडिएसएल सेवा लिएका ग्राहक तथा ३ महिनाको उक्त प्याकेज खरिद गर्ने नयाँ ग्राहकहरुलाई एफटिटिएच सिपीई निशुल्क उपलब्ध गराउने टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।

उनले नेत्रहिन संघको सिफारिसमा नेत्रहिन व्यक्तिहरुबाट प्रयोग भइरहेको जिएसएम र सिडीएमए मोबाईलमा ५०, २०० र ३०० रुपैयाँको अलटाइम डाटा प्याकेज खरिदमा शत प्रतिशत बोनस र २०० को अल टाइम भ्वाईस म्याकेज खरिदमा ५० प्रतिशत बोनस दिने जनाए । यो योजना ९० दिनका लागि लागु हुने छ ।

यस्तै टेलिकमले मोबाइल प्वाईन्ट अफ सेलको माध्यमबाट कम्पनीको सेवाहरुमा रिचार्ज तथा भुक्तानी गर्दा पाँच प्रतिशतका दरले ग्राहकलाई बोनस दिने जनाएको छ । यो योजना भने ६ महिनासम्म लागु हुनेछ ।


पुष्प दुलाल