विश्व आर्थिक मञ्चको बैठकमा नियमित सहभागी हुने एक व्यापारीको नेटवर्थ १० वर्षमा १८५३%ले बढ्यो



काठमाडौं । मंगलबारदेखि स्वीटजरल्याण्डको पहाडी इलाका डाबोसमा विश्व आर्थिक मञ्चको स्म्मेलन सुरु हुन लागेको छ । सम्मेलनमा विश्वका सरकार प्रमुख, राष्ट्र प्रमुख तथा व्यापारीको उल्लेख्य सहभागिता रहनेछ ।

विवरणहरुमा जनाइएअनुसार सो मञ्चको बैठकमा २ हजार बढी व्यापारी तथा व्यवसायीको समेत सहभागिता रहने छ । आइतबार साँझ नेपालका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधि मण्डल पनि डाबोस प्रस्थान गरेको छ ।

उक्त मञ्चको बैठकमा नियमित सहभागी हुँदै आएका १० अर्बपतिको नेटवर्थ पछिल्लो १० वर्षमा १२ लाख करोड बढी रहेको छ । विवरणहरुमा जनाइएअनुसार भारतीय खर्बपति मुकेश आम्वानीको मात्रै नेतवर्थ १७४ प्रतिशतले बढेको छ ।

यस्तै फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गको नेटवर्थ पनि १८५३ प्रतिशतले बढेको छ । विश्व आर्थिक मञ्चको बैठक हरेक वर्ष संसारमार नेता तथा व्यापारी सहभागी हुने गरेका छन् ।

त्यसमा विश्व अर्थ व्यवस्थामा प्रभाव पार्ने खर्बपतिको समेत सहभागिता रहने गर्छ । मञ्चको बैठकमा विश्व अर्थ व्यवस्थाको चुनौती तथा त्यसलाई समाधान गर्ने उपायको बारेमा समेत चर्चा परिचर्चा हुने गरेको छ ।

ब्लूमवर्गको एक रिपोर्टअनुसार २००८ सालको आर्थिक मन्दीपछि मात्रै संसारमा १० अर्बपति नियमित रुपमा सो बैठकमा सहभागी हुँदै आएका छन् । उनीहरुको सम्पत्तिको हिस्सा पछिल्लो १० वर्षमा कयौं गुणाले बढ्न गएको छ ।

भारतका खर्बपति मुकेश आम्वानीको सन् २००९ मा कूल नेटवर्थ १लाख करोड बराबरको थियो । हाल उनको नेटवर्थ ३ लाख करोड बढी रहेको छ । १० वर्षमा उनको सम्पत्ति १७४ प्रतिशतले बढेको छ ।

सन् २००९ मा सहभागी भएका संसारभरका अर्वपतिको १ अर्ब डलर बढी नेटवर्थ रहेको थियो । उनीहरुसँग २३८ लाख करोड सम्पत्ति थियो भने सन् २०१७ मा त्यो बढेर ६२३ लाख करोड पुगेको छ ।

यस्तै बिल गेट्सको नेटवर्थ १० वर्षमा ८६ प्रतिशतले बढेको छ । मार्क जुकरवर्गको १८५३ प्रतिशत बढेको छ । यस्तै बिल गेट्सको ८६ प्रतिशत, मुकेश आम्वानीको १७४ प्रतिशत, माइकल डेलको १८७ प्रतिशत र रुपर्ट मार्डोेकको ४७२ प्रतिशतले बढेको छ ।

यस वर्षको बैठकमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधि मण्डल बैठकमा सहभागी हुन आइतबार साँझ डाबोस प्रस्थान गरेको छ ।

यस्तै भारतमा १०० बढी राजनीतिक नेता र व्यापारी सहभागी हुनेछन् । त्यसमा केन्द्रीय मन्त्री शुरेश प्रभु, मध्यप्रदेशका मुख्यमन्त्री कमलनाथ सहभागी हुँदैछन् । यस्तै उद्योगपति आम्वनी, गौतम अदाणी, संजीव बजाज, एन चन्द्रशेखरण, सज्ज्न जिन्दल, आनन्द महिन्द्रा, सुनिल मित्तल सहभागी हुँदैछन् ।


पुष्प दुलाल