प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना, स्वास्थ्य स्थिति के छ ?
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् ।
ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा दाहाललाई आइतबार बिहान भर्ना गरिएको हो । केही दिनयता लगातार ज्वरो र खोकीले स्वास्थ्यमा सस्या पारेपछि आइतबार उनलाई अस्पताल भर्ना गरिएको हो ।
डा. युवराज शर्मालगायतको टोलीले उपचार गरिरहेको छ ।