भिभान्ता काठमाडौं संचालनमा



काठमाडौं । चौधरी ग्रुप र एनई ग्रुपको साझेदारीमाललितपुरको झम्सिखेलमा स्थापनाभएको ‘भिभान्ता काठमाडौं’ होटल औपचारिकरूपमा संचालनमा आएको छ ।

‘इन्डियन होटेल्स कम्पनी लिमिटेडले ‘भिभान्ता काठमाडौं’को व्यवस्थापन सम्हालेको छ, जसलाई विश्वविख्यात ताज ब्रान्डका रूपमा चिनिन्छ ।

चितवन राष्ट्रिय निकुञ्जमा सीजी हस्पिटालिद्वारा सञ्चालित रिसोर्ट ‘मेघौली सेराई’पछि आईएचसीएलले व्यवस्थापन गर्ने ‘भिभान्ता काठमाडौं’ दोस्रो परियोजना हो ।

‘करिब दुई दशकपछि ताजलाई काठमाडौंमा ल्याउन पाउँदा हामी गौरवान्वित छौं, ताजको बहुआयामिक व्यवस्थापनसँगै भिभान्ताले गुणस्तरीयता, सेवा र परिकारमा नयाँ मानक बनाउने छ,’ सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले भने ।

‘भिभान्ता काठमाडौं’मा ११० वटा कोठा छन् । रुफटप बारसँगै ‘कोको’को ‘बिस्त्रो–स्टाइल’ र ‘मिन्ट’को स्थानीय नेवारी स्वाद पनि भिभान्तामा पाइनेछ ।


पुष्प दुलाल