कोशी र नारायणी नदीमा पानीजहाज चलाउने सरकारको निर्णय



काठमाडौं । सरकारले कोशी र नारायणी नदीमा पानीजहाज चलाउने निर्णय गरेको छ । मन्त्रिपरिषदले पानीजहाज सञ्चालनका लागि प्रशासनिक संरचनासमेत स्वीकृत गरिसकेको सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

१६ जना इञ्जिनियरसहितको प्रशासनिक संरचना स्वीकृत गरेको बास्कोटाले जानकारी दिए ।

उर्जा तथा जलश्रोत मन्त्रालयले पानी जहाज सञ्चालनका लागि समिति गठन गरेर अध्ययन गराईरहेको छ । अध्ययनमा कोशी र नारायणी नदीमा पानीजहाज चलाउन सकिने देखिएको उर्जामन्त्री वर्षमान पुनले जानकारी दिए ।


पुष्प दुलाल