माघ १३ देखि एनआइसी एशियाको ४ अर्बको ऋणपत्र, १० प्रतिशत ब्याज
काठमाडौं । एनआइसी एसिया बैंकले माघ १३ गतेदेखि ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० प्रतिशत ब्याज दिनेगरी एनआइसी एशिया डिबेन्चर २०८५/८६’ जारी गर्न लागेको हो । कुल ४० लाख कित्तामध्ये १६ लाख कित्ता सर्वसाधारणका लागि हो ।
बैंकले प्रतिकित्ता १००० रुपैयाँ अंकित दरले ऋणपत्र निष्काशन गर्ने स्वीकृति पाएको छ ।
बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ तथा एनआइसी एसिया बैंकको सम्पूर्ण शाखाबाट आवेदन दिन सकिनेछ ।
ऋणपत्रमा माघ १६ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । यस अवधिमा सबै ऋणपत्र बिक्री नभए भने फागुन १३ गतेसम्म आवेदन दिन पाउने व्यवस्था छ ।
ऋणपत्र बिक्रीबाट उठेको रकममध्ये ३ अर्ब २० करोड रुपैयाँ कर्जा तथा सापट र ४० करोड लगानीका लागि उपयोग गर्ने बैंकले जनाएको छ । यस्तै, शाखा विस्तार तथा अन्य काममा २०–२० करोड रुपैयाँ उपयोग गर्नेछ बैंकको योजना छ ।