सिभिल, एनसीसी र सेञ्चुरी बैंकलाई के भयो ?



काठमाडौं । आर्थिक वर्षको ६ महिनाभित्रमा सधारणसभा र गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने समय सकिदा समेत निजी क्षेत्रका ३ वटा बैंकले हालसम्म पनि लाभांश घोषणा गरेका छैनन् ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका २७ मध्ये २३ बैंकले लाभांश घोषणा गरिसकेका छन् । उनीहरुले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरी धामाधम वार्षिक साधारणसभा गरी आफ्ना शेयरधनीलाई लाभांश वितरणसमेत गरिसकेका छन् ।

हालसम्म प्राप्त विवरणअनुसार १५ बैंकले वार्षिक साधारणसभा समेत सम्पन्न गरेका छन् । तर केही बैंकको साधारणसभाको मिति तोकिएको छ ।

तर केही बैंक भने चुपचाप बसीरहेका छन् । उनीहरुले त न गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन्, नत वार्षिक साधारणसभाको मिति नै तय गरेका छन् ।

सेञ्चुरी कमर्सियल बैंक, सिभिल बैंक र एनसीसी बैंकले लाभांश घोषणा गरेका छैनन् ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणलाई सेयर बिक्री गरेको छैन । जसका कारण उसको वार्षिक साधारणसभाको बारेमा आम मानिसलाई त्यत्ति धेरै चासो छैन । यस्तै नेपाल बैंकले पनि लाभांश घोषणा गरेको छैन ।

चालु आर्थिक वर्षको दोस्रो त्रेमास सकिदासम्म क वर्गका कुल २८ बैंक मध्ये हालसम्म १५ बैंकले मात्रै तोकिएको मसयमा साधारणसभा सम्पन्न गरेका छन् ।

सबैभन्दा बढी लाभांश दिनेमा नेपाल इन्भेस्टमेन्ट बैंकले दिएको छ । बैंकले १८ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी जम्मा ४० प्रतिशत लाभांश दिएको छ । सबैभन्दा कम सिटिजन बैंकले १.६ प्रतिशत मात्रै नगद लाभांश दिएको छ ।


पुष्प दुलाल