राष्ट्रियसभामा ३ विधेयक पेश, ‘प्रदेश लोकसेवा आयोग विधेयक’ छलफलका लागि विधायन समितिमा



काठमाडौँ । राष्ट्रियसभाको बैठकले ‘प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले सो प्रस्ताव पेश गरेका थिए । यसैगरी अर्थमन्त्री खतिवडाले ‘नागरिक लगानी कोष दोस्रो संशोधन विधेयक, २०७५’ सभासमक्ष पेश गरेका छन ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाका तर्फबाट अर्थमन्त्री खतिवडाले ‘विज्ञापन नियमन गर्ने विधेयक, २०७५’ लाई सभासमक्ष पेश गरेका छन ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ‘ज्येष्ठ नागरिकसम्बन्धी ९पहिलो संशोधन विधेयक, २०७५’ लाई सभासमक्ष पेश गरिन ।


पुष्प दुलाल