कामना विकास बैंक र सानिमा इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता



काठमाडौं । कामना सेवा विकास बैंक र सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।

एक आपसमा सेवा आदान प्रदान गर्ने गरि दुबे पक्षले सम्झौतापत्रमा हस्ताक्ष्ँर गरेका छन । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६३ वटै शाखाहरुबाट सहज रुपमा सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र सानिमा ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सुबोध लाल श्रेष्ठले हस्ताक्ष्ँर गरेका छन ।

हाल बैंकले देशभरी आफ्ना ६३ वटा शाखा तथा १७ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।


पुष्प दुलाल