आजदेखि पुलमार्फत् बैदेशिक रोजगार म्यादी जीवन बीमा, पुलमा कुन कम्पनीको कति सेयर ?
काठमाडौं । आज (माघ १ गते) देखि बैदेशिक रोजगारीमा जाने कामदारको एकद्वार प्रणालीममार्फत म्यादी जीवन बीमा हुने भएको छ ।
नियामक निकाय बीमा समितिले जीवन बीमाको कारोबार गर्ने सबै बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै पुल मार्फत् बैदेशिक रोजगार म्यादी जीबन बीमा सञ्चालन गर्न निर्देशन दिएको हो ।
बैदेशिक रोजगार बीमालाई व्यववस्थित बनाउन समितिले यस्तो पुल बीमाको व्यवस्था गर्नु परेको बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
पौडेलका अनुसार बैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसायलाई बढीभन्दा बढी ग्राहक उन्मूख बनाउन यस्तो व्यवस्था गर्नुपरेको हो ।
तर, त्यसका लागि कुनै कार्यविधि बनिसकेको छैन ।
समितिले जीवन बीमाको कारोबार गरिरहेका बीमा कम्पनीहरुले ओगटेको बजार हिस्साका आधारमा पुल खडा गर्नुपर्ने प्रस्ताब गरेको छ । जसअनुसार पुलमा सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्सको १९ प्रतिशत सेयर हिस्सा रहने र सबैभन्दा कम महालक्ष्मी लाइफ इस्योरेन्सको १ प्रतिशत सेयर हिस्सा रहने छ ।
पुल सञ्चालनका लागि माघ १५ गतेभित्र कार्यविधि तयार पार्न समितिले एक कार्यदल पनि गठन गरेको छ । कार्यदलमा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु रहेका छन् ।