जनता बैंकले खोल्यो एकै पटक ७ वटा प्रादेशिक कार्यालय



काठमाडौ । जनता बैकले देशका सात वटै प्रदेशमा एक साथ प्रादेशिक कार्यालय खाेली संचालनमा ल्याएको छ ।

प्रदेश १ को ट्रफिक चोक, बिराटनगर, प्रदेश २ को भानु चोक, जनकपुर, प्रदेश ३ को स्कूल रोड, हेटौडा, गण्डकी प्रदेशको न्यूरोड पोखरा, प्रदेश ५ को हस्पिटल लाइन, बुटवल, कर्णाली प्रदेशको बिरेन्द्रचोक सुर्खेत र सुदुरपश्चिम प्रदेशको चटकपुर, धनगढीमा प्रादेशिक कार्यालय स्थापना गरी संचालनमा ल्याएको हो ।

प्रादेशिक कार्यालयले प्रदेशका निकायहरुसंग समन्वय गर्ने तथा प्रदेशमा रहेका यस बैंकका शाखा कार्यालयहरुको अनुगमन गर्नेछ । प्रादेशिक कार्यालयको स्थापनाबाट बैंकको सेवा प्रवाह अभm स्तरीय तथा सरल हुने विश्वास बैंकले लिएको छ । स्थापना भएका प्रादेशिक कार्यालयहरुलाई क्रमिक रुपमा शशक्त बनाउन साधन श्रोत थप गरीदै लगिने बैंकका अधिकारीले जानकारी दिएका छन ।


पुष्प दुलाल