बजारमा चाकु किन्नेकाे भिड, व्यवसायीलार्इ भ्याईनभ्याई
बनेपा । काठमाडाै । माघे संक्रान्तिमा चाकुकाे उपभाेग बढेपछि अहिले चाकु व्यवसायीहरूलाइ भ्याइनभ्याइ छ । चाकु किन्ने र बेच्नेहरूकाे भिडले बजार भरिएकाे छ ।
किनबेच हुने खुद्रा पसलमा मात्र नभइ बनाउने ठाउँमा पनि उस्तै व्यस्तता बढेकाे छ । काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका– ४ लामीडाँडाका चाकु व्यापारीलाई हिजोआज चाकु बनाउन भ्याइनभ्याइ भएको छ ।
माघेसङ्क्रान्ति नजिकिँदै गर्दा बजारमा यसको माग बढी हुने भएकाले यतिखेर चाकु व्यवसायी निकै ब्यस्त रहेको देखिन्छ । विगत १५ वर्षदेखि सो व्यवसाय गर्दै आएका पाँचखाल नगरपालिका–४ लामीडाँडाका विष्णुपुकार श्रेष्ठले दैनिक १०० किलोदेखि १५० किलोसम्म चाकु बिक्री भइरहेको बताए ।
“दिनको यति नै व्यापार हुन्छ भन्ने त हुँदैन तर पनि कामदारको ज्याला कटाएर २ हजार देखि २ हजार ५०० सम्म कमाइ हुन्छ”, श्रेष्ठले भने, “चाकु बनाउनलाई दिनको ५० किलोको दुई÷तीन बोरासम्म सख्खर खपत हुन्छ ।”
त्यसका लागि आवश्यकपर्ने कच्चपदार्थ कृष्णनगरबाट ल्याउने गरेको र एक पटकमा ५०÷६० बोरासम्म ल्याउने गरेको उहाँले बताए । खासै पुस र मागमा बिक्री हुने गरेको चाकु बनाउने काम एक÷दुई महीनासम्म चल्ने गरेको उनको भनाइ छ । काम गर्नेलाई दैनिक सात सयका दरले ज्याला दिने गरेको छ । उनकोमा चार जनाले रोजगारी समेत पाएका छन ।
अरनिको राजमार्गको छेउमा पसल गरेर चाकु व्यवसाय सञ्चालन गर्दै आएका श्रेष्ठले बाहिर सडक छेउमा नै यात्रा गर्ने यात्रुलाई बिक्री गर्दै आएका छन । त्यस्तै चाकु खरिद गर्न सिन्धुपाल्चोक, दोलखा र रामेछापको मन्थलीसम्मका व्यापारी पसलमा आउने गरेको उनी बताउँछन ।
अर्का नजिकैको चाकु पसलमा काम गर्दै आएका श्याम तामाङले सानाठूला गरी दैनिक चार हजार पिससम्म बिक्री हुँदै आएको बताए । “किलोको हिसाबमा भन्दा पनि हामीले सख्खरलाई घोलेर साना र ठूला साइजमा चाकु बनाएर प्याकिङ गर्ने हो, त्यसरी बनाएका चाकु दैनिक चार हजार पिससम्म बिक्री हुन्छ”, ताामाङले भने, “बजारमा मागअनुसार पु¥याउन यतिखेर हम्मेहम्मे हुन्छ ।” उनका अनुसार उत्पादन हुने चाकु काभ्रेपलाञ्चोकलगायत सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काठमाडौँका विभिन्न बजारमा बिक्री हुने गरेको छ ।
पाँच÷छ वर्ष अगाडिदेखि काम गर्दै आएका तामाङले दैनिक एक हजार १०० पाउने गरेको बताए । सो पसलमा काम गर्ने अरु पाँच जना कामदारले भने कामअनुसारको दैनिक ७०० देखि ८०० सम्म ज्याला पाउने गरेको बताए । कामदारले दाउरा चिर्ने, घोल्ने, तयार पारिएको चाकुमा पौष्टिक तत्व मिसाएर प्याकिङ गर्ने र बजारमा बिक्री गर्नेलगायतका काम गर्नुपर्छ ।
पुस–माघको जाडो मौसममा शरीरलाई न्यानो राख्ने र शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व प्राप्त हुने भएकाले मानिसले चाकु सेवन गर्ने गर्दछन ।