नेशनल लाइफ इन्स्योरेन्सले १३.५ प्रतिशत बोनस सेयर दिने,चुक्ता पुँजी ३ अर्ब पुग्ने



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १३.५ प्रतिशत बोनस सेयर दिने भएको छ ।

कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट १३.५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

अहिले २ अर्ब ६४ करोड ९७ लाख रुपैयाँ रहेको छ । बोनस सेयर वितरणपछि नेशनल लाइफको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ पुग्ने छ ।

कम्पनीले बोनस सेयरमा लाग्ने करको लागि समेत रकम व्यवस्था गरेको जनाएको छ । बीमा समितिले स्वीकृति दिएपछि र साधारणसभाले पारित गरेपछि सेयरधनीले बोनस पाउने छन् ।


क्लिकमान्डु