तामाकोशीको सेयर मूल्य प्रतिकित्ता ३३६ पुग्यो, साढे दुई लाखकित्ता सेयर खरिदका लागि अर्डर, बिक्रीकर्ता देखिएनन्



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा माथिल्लो तामाकोशीको सेयर मूल्य प्रतिकित्ता ३३६ रुपैयाँ पुगेको छ ।

आइतबारदेखि कारोबार सुरु भएको तामाकोशी जलविद्युत कम्पनीको सेयर कारोबार भएको केही समयमा ११२ रुपैयाँले बढेको हो ।

तामाकोशी जलविद्युत् कम्पनीले सर्वसाधारणलाई जारी गरेको सेयर दोस्रो बजारमा सूचिकृत भएको हो । अहिलेसम्म २ लाख४३ हजार कित्ता सेयर खरिदका लागि अर्डर भएको मार्केट डेप्थमा देखिन्छ । बिक्रीकर्ता भने देखिएका छैनन् ।


क्लिकमान्डु