श्रोतको सहि उपयोग गर्न सके विश्व अर्थतन्त्रको नेतृत्व दक्षिण एशियाले गर्छ– महासंघ पूर्व अध्यक्ष ढकाल



काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकालले जनशक्ति र प्राकृतिक स्रोतको सही सदुपयोग हुन सके अबको विश्व अर्थतन्त्रको नेतृत्व दक्षिण एशियाले गर्ने बताएका छन ।

भारतको मुम्वईमा आयोजना गरिएको सीआईआई साझेदारी सम्मेलनलाई संवोधन गर्दै प्राकृतिक स्रोतले धनी दक्षिण एशियामा रहेको अपार सम्भाव्यतालाई यथार्थतामा रूपान्तरण गरी यस क्षेत्रका जनताको जीवनस्तर सुधार गर्नुपर्नेमा ढकालले जोड दिएका छन ।

दक्षिण एशियामा आर्थिक सहयोग–साझेदारी प्रवद्र्धन सम्बन्धी विषयक सत्रलाई संवोधन गर्दै सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष समेत रहेका महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष ढकालले यूवा जनसंख्याले धनी दक्षिण एशियामा रहेको बलियो जनशक्ति र प्राकृतिक स्रोतलाई एकाकार गराएर लैजान सकेको खण्डमा अवको विश्व अर्थतन्त्रको नेतृत्व यसै क्षेत्रले गर्ने दावी गरेका हनु ।

कार्यक्रममा नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादव, भारतीय सरकारका उद्योग वाणिज्य तथा नागरिक उड्डयन मन्त्री सुरेश प्रभु, महाराष्ट्रका मुख्य मन्त्री, सार्क राष्ट्रका मन्त्रीहरुको समेत सहभागिता रहेको थियो ।

विशेषगरी दक्षिण एशिया आर्थिक विकासका लागि प्रचुर सम्भाव्यता रहेको क्षेत्र भएकाले क्षेत्रीय सहयोग, सहकार्य र साझेदारी मार्फत आर्थिक समृद्धिमा कार्य गर्न सरकारहरू पछि पर्न नहुने धारणा व्यक्त गरेका छन । सम्मेलनले यस क्षेत्रको आर्थिक समृद्धिका लागि ऐतिहासिक दिशा निर्देश गर्ने पनि उनले विश्वास प्रकट गरे । सिंगो सार्क क्षेत्रलाई आर्थिक समृद्धिको अभियानमा एक ढिक्का बनाई लैजान आवश्यक भएको भन्दै यसका लागि यस क्षेत्रका सरकारलाई साझेदारीको रणनीतिमा काम गर्न समेत उनले सुझाब दिएका छन ।

नेपालमा लगानीका लागि निकै धेरै सम्भाव्यता रहेको र कतिपय क्षेत्रहरु अझै पहिचान समेत हुन नसकेकाले नेपालमा लगानी गरी फाइदा उठाउन उद्योगी व्यवसायीलाई उनले आग्रह गरे । नेपालमा लगानीका लागि यतिखेर अत्यन्त उपयुक्त समय भएको, वातावरण पनि लगानी मैत्री रहेको, आन्तरिक तथा वाह्य लगानी आकर्षणका लागि नेपाल सरकारबाट आवश्यक नीतिगत सुधार समेत भैरहेकोे जानकारी गराएका छन । नेपालमा लगानी बढाई यस क्षेत्रलाईनै लाभान्वित बनाउने दिशामा अगाडी बढ्न समेत उनको सुझाव छ । नेपाल सरकारले, आगामी मार्चमा नेपाल लगानी सम्मेलन आयोजना गर्न लागेको जानकारी गराउनुहु“दै उक्त सम्मेलनमा सहभागिताका लागि सार्क व्यवसायिक नेताहरूलाई निम्तो समेत दिए ।

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेकाले नेपालमा पर्यटन क्षेत्रमा लगानी गरी फाइदा उठाउन पनि उनले अनुरोध गरेका छन । पर्यटन क्षेत्र पनि नेपालमा लगानीका लागि ठूलो सम्भाव्यता भएको क्षेत्र हो भन्दै पुर्व अध्यक्ष ढकालले सो अवसरमा नेपालमा पर्यटन क्षेत्रमा लगानीको सम्भाव्यता, क्षेत्र तथा पर्यटन उद्योगको हालको वस्तुस्थितिका वारेमा स्पष्ट पारेका छन ।


पुष्प दुलाल