जग्गाको कित्ताकाट गर्ने अधिकार स्थानीय तहलाई, खेतीयोग्य जमिन प्लटिङ गर्न नपाइने



काठमाडौं । सरकारले जग्गाको कित्ताकाट गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । डेढ वर्षदेखि रोकिएको कित्ताकाटमा खुकुलो नीति अपनाएको हो ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले जनताका व्यवहारिक समस्या समाधान गर्न कित्ताकाट खुकुलो बनाइएको बताइन् ।

‘खेतीयोग्य जमिन प्लटिङ गरेर घडेरी बनाउनका लागि कित्ताकाट गर्न पाइँदैन,’ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले भनिन्, ‘कुनै जग्गा खेतीयोग्य हो कि होइन भन्ने सिफारिश गर्ने जिम्मा स्थानीय तहलाई दिएका छौं ।’

अंशवन्डा लगायतका व्यवहारिक समस्या देखिएकाले कित्ताकाट गर्न दिन नापी विभागलगायतलाई निर्देशन दिइसकेको मन्त्री अर्यालले जानकारी दिइन् ।


पुष्प दुलाल