भेट्रान बैंकर शशिन जोशी जावलाखेल डिस्टीलरीको कार्यकारी निर्देशकमा नियुक्त



काठमाडौं । भेट्रान बैंकर शशिन जोशी जावलाखेल डिस्टिलरीको कार्यकारी निर्देशमा नियुक्त भएका छन् । जावलाखेल डिस्टीलरीले ग्रुप अफ कम्पनीको कार्यकारी निर्देशकमा जोशीलाई नियुक्त गरेको हो ।

नविल बैंकको प्रमुख कार्यकारी अघिकृत छाडेपछि जोशी जावलाखेल डिस्टीलरीको सल्लाहकार थिए । दुई महिना अघि नै कम्पनीले आफूलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिएको जोशीले जानकारी दिए ।

‘जावलाखेल डिस्टीलरीले मलाई ग्रुप अफ कम्पनीको कार्यकारी निर्देशक बनाएको छ,’ जोशीले क्लिकमाण्डूसँग भने, ‘२ महिना हुन लाग्यो ।’

जावलाखेल डिस्टीलरी ग्रुम अन्तगर्तत आधा दर्जनभन्दा बढी कम्पनी छन् । यो डिस्टीलरीका प्रोडक्टहरु मध्ये रुस्लान भोड्का सबैभन्दा लोकप्रिय छ । यो कम्पनी र यो अन्तगर्ततका कम्पनीले विभिन्न ब्राण्डका मदिरा उत्पादन गर्दै आएको छ ।

व्यवस्थापनको क्षेत्रमा आफूले हासिल गरेको ज्ञान र अनुभवलाई डिस्टीलरीको हितका लागि काम गर्ने उनले बताए ।

पछिल्लो समय नविल बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका जोशी पदबाट राजिनामा दिएर बसेका थिए । ३५ वर्षभन्दा बढी समय बैंकिङमा रहेका जोशीलाई आजका बैंकरहरुले निकै धेरै मान्छन् ।

एग्रेसिभ बैंकिङ भन्दा पनि जोशीले कन्जरभेटिभ र कम्प्लाइन्स बेस बैंकिङ गर्दै आएका थिए ।


पुष्प दुलाल