४ अर्ब २५ करोडको ट्रेजरी बिल जारी हुँदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार ४ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बोलकबोलमा बिक्री गर्ने भएको छ ।
बैंकले एक सूचनामार्फत २८ दिने अवधिका लागि तीन अर्ब २५ करोड र ९१ दिने अवधिको १ अर्ब बराबरको ट्रेजरी बिक्री गर्न लागेको हो ।
बैंकले यसअघि ६ अर्ब १२ करोडको ९१ दिने र ३६४ दिने ८ अर्ब २९ करोड बराबरको ट्रेजरी बिक्री गरेको थियो ।