५० लाख लिटर रक्सी पिएर नयाँ वर्ष २०१९ को स्वागत !



काठमाडौं । सन् २०१९ को स्वागतका लागि संसारभरका मानिसहरुले आ-आफ्नो क्षमताअनुसारको गतिविधि गरे । कोही आफूलाई मन परेको स्थानमा घुम्न गए । कोहीले साथी भाइसँग भेटवार्ता गरी रमाइलो गरे ।

कोही गर्लफ्रेन्डलाई लिएर घुम्न निस्के त कोही घरमै बसेर पनि रमालो गरे । पूर्वसन्ध्यामा पनि धेरैको तालिका यस्तै थियो । नयाँ वर्षको स्वागतको दिन काठमाडौंको दरबारमार्ग, ठमेलमा पनि कार्यक्रम गरियो । अष्ट्रेलियामा त नयाँ वर्षको स्वागतमा विशेष समारोह नै आयोजना गरियो ।

तर छिमेकी देश भारतको बिहार राज्यमा भने नयाँ वर्ष २०१९ को स्वागतको पूर्व सन्ध्यामा ५० लाख लिटर रक्सी बिक्री भएको छ ।

बिहारमा नयाँ वर्षको स्वागतको साँझ मात्रै बिहारीले ५० लाख लिटर रक्सी सेवन गरेको पाइएको छ ।

स्थानीय सरकारी अधिकारीले दिएको जानकारीअनुसार बिहारमा उक्त दिन रक्सीको खोला नै बगेको थियो ।

अधिकारीकाअनुसार नयाँ सालका पूर्व सन्ध्यामा उक्त पमिारणको रक्सी बिक्री भएको जानकारी प्राप्त भएको छ । आकडाअनुसार रक्सी पसलमा ३१ डिसेम्बरको दिन रक्सीको बिक्री दुई गुणा बढी भयो । त्यसमा घर र होटलमा स्थानीयले पिएको रक्सीको परिमाण जोडिएको छैन ।

कूल ३१ लाख लिटर विदेशी रक्सीको बिक्री भयो भने भने भारतीय रक्सी मात्रै १८ लाख बोत्तल भएको छ । त्यस्तै वियरको विबक्री मात्रै २३ लाख बोत्तल भएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष रक्सीको बिक्रीको मात्रा बढेको हो । हरेक महिनामा बिहार राज्यमा मात्रै १.६० करोड बोत्तल मदिरा बिक्री हुन्छ भने २.९ करोड बोत्तल वियर बिक्री हुने गरेको थियो ।


पुष्प दुलाल