सिटिजन्स बैंकको अनलाइन सेवा, घरमै बसी खाता खोल्न मिल्ने
काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनले घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा सुचारु गरेको छ ।
बैंकले सरल, सहज र सुरक्षित तरिकाबाट बैंक खाता खोल्न नयाँ अनलाइन सेवा सञ्चालनमा ल्याएको हो । देश भित्र तथा बाहिर रहेका नेपाली नागरिकहरूले यो प्रविधिको माध्यमबाट सिटिजन्स बैंकमा खाता खोल्न सक्नेछन् । यो सुविधाको सुरुवात संगै बैंकमा खाता खोल्न बैंक धाउनु पर्ने अवस्थामा न्युनिकरण हुने विश्वास बैंकले लिएको छ ।
यस बाट ग्राहकहरूले आफ्नो समयानुकुल बैंकको बेभसाइटबाट खाता खोल्न सक्नेछन् । यस अगावै पनि सूचना तथा संचार प्रविधिमा आएको आमूल परिवर्तनलाई आत्मसाथ गर्दै बैंकले अनलाइन आस्वा, डिम्याट, केवाइसी, मेरो शेयर, स्मार्ट बैैकिङ जस्ता सुविधाहरू प्रदान गर्दै आएको छ ।