टाटा मोटर्सको विंगर मिनीबस सार्वजनिक, यस्ता छन विशेषता



काठमाडों । भारतको सवारीसाधन निर्माता कम्पनी टाटा मोटर्सले बनाएको विंगर मिनीबस नेपालमा पनि सार्वजनिक भएको छ ।

नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नेपालमा बढ्दो टुर र ट्राभललाई लक्षित गरेर नयाँ उत्पादन “विंगर मिनिबस“ सार्वजनिक गरेको हो । ३० लाख ८० हजारबाट शुरू हुने विंगर मिनिबस काठमाडौं, इटहरी र बुटवल गरी तिन वटा बजारमा चरणवद्ध रूपमा सार्वजनिक गरिएको छ ।

रूट एप्लिकेसन र टुर र ट्राभल्स खण्डका लागि विशेष रूपमा विकास गरिएको विंगर मिनिबसले यात्रुहरूका लागि अद्वितीय आराम र अपरेटरका लागि किफायती रहने छ । टाटा विंगर मिनीबस ५४५८ मिमी लामो छ र १५ इन्चको ह्विल क्याप भएको टायरसहित आउँछ जसले सवारी साधनलाई स्टाइलिस देखाउँछ र ग्राउन्ड क्लियरेन्स १८० मिमी दिन्छ । १९०० मिमी र ६.३ इन्चको आन्तरिक उचाइँले यात्रुहरूको चाललाई सजिलो बनाउन मदत गर्दछ । लामो दूरीको यात्राका लागि, विंगर मिनीबसले ६०० लिटरको पर्याप्त लगेज स्थान उपलब्ध गराउने कम्पनीकाे दावी छ  ।

आरामदायक भित्री माहौलले आरामको विकसित मात्रा र उच्चतम सडक अनुभव प्रदान गर्दछ । यो सवारी साधनमा आरामदायी पछाडि धकेल्ने सिटहरू, व्यक्तिगत वातानुकुलीत भेन्टहरू, सिटको हरेक पंक्तिमा युएसबी चार्जिङ प्वाइन्ट प्रदान गर्दछ जसले छोटो र लामो दुबै यात्रालाई स्मरणीय बनाउँछ । साथै, विंगरको मोनोकोक बडि निर्माणले कारजस्तै कम मात्राको ध्वनी, कम्पन (एनभीएच) सुनिश्चित गर्दछ । स्वतन्त्र अगाडिको सस्पेन्सन र हाइड्रोलिक शक एब्जर्वरसहितको एन्टिरोल बारले नझ्याक्ने यात्राको सुनिश्चितता गर्दछ ।

अधिकतम कार्यसम्पादन र इन्धनको किफायतीका लागि, विंगर मिनीबसमा टाटा मोटर्सको २.२ लिटरको डाइकर इन्जिन छ जसले १०० हर्सपावरको शक्ति र १९० एनएमको फ्ल्याट टर्क दिन्छ र कम आरपीएममा पनि धेरै तान्न् शक्ति सुनिश्चित गर्छ । १५ सिट भएको यो सवारी साधनमा अगाडि स्वतन्त्र एमसी फेर्सन स्ट्रुट सस्पेन्सन सिस्टम छ । जसले राम्रो गतिशीलता र उच्चतम आराम प्रदान गर्दछ । टाटा विंगर मिनीबसमा अगाडिको एक्सेल ड्राइभ छ जसले कारको जस्तो कम ध्वनी, कम्पन (एनभीएच) दिन्छ । अगाडिको एक्सेलले कम वजन, राम्रो संकर्षण प्रदान गर्दै ट्रान्समिसन नोक्सानी घटेको सुनिश्चित गर्छ ।

यो सवारीसाधनमा ३ वर्ष वा ३ लाख किमी को विस्तारित वारेन्टी छ जसले यसलाई यसको श्रेणीमा सबैभन्दा भरपर्दो र विश्वासिलो भ्यान बनाएको छ ।


पुष्प दुलाल