भ्रष्टाचार मुद्धा लागेका पाकिस्तानका पूर्व राष्ट्रपति जर्दारीलाई विदेश भ्रमणमा राेक



इस्लामाबाद ः  भ्रष्टाचारको अभियोग लागेका पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अलि जर्दारीलाई देश छाडेर बाहिर जान प्रतिबन्ध लगाइएको छ ।
पाकिस्तान सरकारले बिहीबार सूचना जारी गर्दै भ्रमणमा प्रतिबन्ध लगाइएकाे हाे ।  मुद्रा अपचलनसम्वन्धी एउटा मुद्दामा जर्दारी, उनकी बहिनी फर्याल तालपुरसहित १७२ जनामाथि  अनुसन्धान गरिएको सूचना मन्त्री फवाड चौधरीले पत्रकारलाई जानकारी दिएका छन ।
मुद्रा अपचलनका लागि उनीहरूले नक्कली बैंक खाता बनाएको आरोप पनि लागेको  छ ।
अनुसन्धानको सूचीमा रहेका १७२ जना सवैलाई देश बाहिर जान नपाउनेगरी प्रतिवन्ध लगाएकाे पाकिस्तान सरकारले जनाएकाे छ  ।
प्रमुख विपक्षी दल पाकिस्तान पिपल्स पार्टीका उपाध्यक्ष  रहेका  पुर्वराष्ट्रपति जर्दारी सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति भएका थिए ।
जर्दारीकी श्रीमती र पूर्व प्रधानमन्त्री बेन्जेजिर भुट्टोको हत्या भएको ११औँ बार्षिकी बनाउदै गरेको बेलामा सरकारले यस्तो आदेश दिएको हो ।
सन् २००७ को डिसेम्बर २७ तारिखका दिन चुनावी र्यालीमा सहभागी भएका बेला उनीहरूको आत्मघाती बम हमलामा परी रावलपिण्डीमा हत्या गरिएकाे थियाे ।


पुष्प दुलाल