सरकार अाफैले ३०० विद्युतीय बस सञ्चालन गर्ने




काठमाडौ । बढदो सवारी चापलाई मध्यनजर गरी सरकारले ३०० वटा विद्युतीय बस सञ्चालन गर्ने भएको छ । बस सञ्चालनका लागि खरिद प्रक्रिया अघि बढाएको  नीती मन्त्रीपरिषदले पारित गरेकाे छ ।
नेपाल सरकार मन्त्रिपरिषद बैठकले उत्त निर्णय गरेको नेपाल सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री गोकुल प्रसाद बास्कोटाले जानकारी दिएका छन । भब्य उदघाटन गरी सञ्चालन गरिएका  विद्ययुतीय बसहरु थन्किएर बसेको समाचार आइरहेका बेला नेपाल सरकारले ३०० वटा विद्युतीय बसहरु सञ्चालन गर्ने निर्णय गरेको हो ।

भौतिक, पुर्वाधार तथा तथा यातायात व्यवस्था मन्त्रालको अवधारणा अनुसार एउटा प्राधिकरण गठन गरी बस सेवा सञ्चालन गरिने भएको हो । अधिकार सम्पन्न स्वायत्त प्राधिकरण गठन गर्ने समेत सञ्चार मन्त्री बास्कोटाले जारीकारी दिएका हुन । प्राधिकरण विभिन्न क्षेत्रका विज्ञहरुलाई समेटेर बनाइनेछ ।

काठमाडौंमा हुने ट्राफिक जाम र प्रदुषणको समस्या समाधान गर्न सार्वजनिक यातायात र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न यो नीति लिएको मन्त्री बास्कोटाले बताए ।


पुष्प दुलाल