विराटनगर भन्सारले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेन




काठमाडौं । विराटनगर भन्सारले चालु आर्थिक बर्षको मंसिर महिनासम्ममा ६ अर्ब ९७ करोड ३९ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।

यो अवधिमा विराटनगर भन्सारले ९ अर्ब ७८ करोड २३ लाख रुपैयाँ बराबरको भन्सार शूल्क संकलन गर्ने लक्ष्य लिएको थियो । विराटनगर भन्सारले लक्ष्यको ९३.८७ प्रतिशत भन्सार शूल्क संकलन गरेको हो ।

विराटनगर भन्सारले मंसिर महिनामा मात्र ३ अर्ब १९ करोड ३९ लाख ५३ हजार रुपैयाँ बराबरको भन्सार शूल्क संकलन गरेको हो । मंसिर महिनामा ३ अर्ब ४० करोड २५ लाख ५४ हजार रुपैयाँ भन्सार शूल्क संकलन गर्ने लक्ष्य राखिएको विराटनगर भन्सारका सुचना अधिकृत राजेन्द्र अधिकारीले जानकारी दिए ।

उनका अनुसार यो वर्ष कूल भन्सार शूल्क ४५/४६ प्रतिशतले बृद्धि भएको छ । आयात बढ्नुका साथै भन्सार शूल्क संकलन पनि बढ्दै गइरहेको उनले बताए ।

‘प्रत्येक वर्ष ४५/४६ प्रतिशतले भन्सार शूल्क संकलन बढ्दो रुपमा रहेको छ, आयात बर्सेनि बढ्ने क्रममा रहेकोले भन्सार शूल्क पनि बढी संकलन भएको हुनसक्छ,’ अधिकारीले भने ।

चालु आर्थिक वर्षको कात्तिक महिनामा विराटनगर भन्सारले ३ अर्ब ४० करोड २५ लाख ५४ हजार रुपैयाँ भन्सार शूल्क संकलन गर्ने लक्ष्य बोकेकोमा ३ अर्ब १५ करोड ८२ लाख ७० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । विराटनगर भन्सारले कात्तिक महिनामा लक्ष्यको ९२.८२ प्रतिशत भन्सार शूल्क संकलन गरेको हो ।

असोज महिनामा २ अर्ब ९७ करोड ७२ लाख ३४ हजार रुपैयाँ भन्सार शूल्क संकलन लक्ष्य रहेकोमा ३ अर्ब ९७ करोड ६४ लाख ५० हजार रुपैयाँ बारबरको भन्सार संकलन भएको हो । उक्त महिना लक्ष्यको ३३ प्रतिशतले भन्सार शूल्क संकलन वृद्धि भएको थियो ।

चालु आर्थिक वर्षको भदौ महिनामा २ अर्ब ४० करोड २५ लाख ५४ हजार रुपैयाँ बराबरको भन्सार शूल्क संकलन गर्ने लक्ष्य लिइएकोमा विराटनगर भन्सारले २ अर्ब ७ करोड ९० लाख रुपैयाँ बराबर राजस्व संकलन गरेको थियो । सो महिनामा लक्ष्यको ९०.४९ प्रतिशत मात्र भन्सार शूल्क संकलन भएको थियो ।

यस्तै चालु आर्थिक वर्षको महिलो महिना भने विराटनगर भन्सार विभागले लक्ष्यको १००.६८ प्रतिशत भन्सार शूल्क संकलन गरेको थियो । विराटनगर भन्सारले २ अर्ब ९७ करोड ७२ लाख ३४ हजार रुपैयाँ लक्ष्य बोकेकोमा २ अर्ब ९९ करोड ७५ लाख ३६ हजार रुपैयाँ भन्सार शूल्क संकलन गरेको थियो ।


क्लिकमान्डु