रत्ननगर नगरपालिकाले दियाे ७५ गाई भैँसीलाई सुत्केरी भत्ता



भरतपुर । चितवनकाे  रत्ननगर नगरपालिकाले ७५ वटा गाई भैँसीलाई सुत्केरी भत्ता दिएको छ । साउन र भदौ महिनामा ब्याएका गाई भैंसीलाई बिहीबार सुत्केरी भत्ता दिइएकाे छ ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले   पशुपालक किसानलाई सुत्केरी भत्ता स्वरुप जनही रु ५०० वितरण गरेका हुन।

सुत्केरी पशुलाई पौष्टिक आहार खुवाउन रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा रु २० लाख बजेट विनियोजन गरेको थियो । सुत्केरी भत्तास्वरुप वितरण गरिएको रकम पर्याप्त नभएकाले आगामी वर्ष त्यसलाई वृद्धि गरिने नगरप्रमुख वनले जानकारी दिए ।

किसानलाई पशुपालनका लागि प्रोत्सहान र पशुको सम्मानका लागि भत्ता वितरण गरिएको नगरपालिका प्रमुख बनले बताए  ।

नगरका वडा नं १, ४, ६, ७, ८ का ४१ र झुवानीका ३२ किसानले पालेका ३४ सुत्केरी पशुलाई भत्ता दिइएको नगरपालिकाका पशुपछी शाखा प्रमुख शालिग्राम पौडेलले जनाकारी दिए । रत्ननगरमा वार्षिक छ हजार गाई भँैसीमा कृत्रिम गर्भाधान हुने गरेकामा करीब दुई हजार गाई भैँसी ब्याउने गरेको उनकाे भनाइ  छ ।


पुष्प दुलाल