वाणिज्य बैंकका सिइओहरुलाई गभर्नर नेपालले पढाए नैतिक शिक्षा



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई नैतिक शिक्षा पढाएका छन् ।

राष्ट्र बैंकका डेपुटी गभर्नरहरुलाई सँगै राखेर गभर्नर नेपालले निक्षेपको ब्याजदरको बृद्धिमा नलाग्न सुझाव दिए ।

‘तपाईहरु बुझेका व्यक्ति भएको हुँदा संयमित हुनुहोस्,बच्चाजस्तो एउटाले बढाएपछि अर्कोले त्यो भन्दा बढाउनपर्ने अवस्था हटाउनुहोस्,’ गभर्नर नेपालले भने ।

गभर्नरको भनाई उदृत गर्दै भेटमा सहभागी एक प्रमुख कार्यकारी अधिकृतले भने,‘हामीले ब्याजदर घटाउन र बढाउन सिधै निर्देशन दिन मिल्दैन,तपाईहरुसँग नैतिकता भए यसरी ब्याजदर बढाउने काम गर्नुहुन्थेन।’

गभर्नर नेपालले सिइओहरुलाई संचालक समितिसँग उत्तरदायित्व बन्ने काम छाड्न निर्देशन दिए ।

गभर्नरले सिइओहरुसँगको भेटमा भने,‘अहिलेसम्म तपाईहरुलाई संचालक समितिले नियुक्त गर्ने गरेको छ,अब त्यो चल्दैन’।

राष्ट्र बैंकमा गभर्नरसँगको भेटपछि बैकर्स संघले ब्याजदरमा भद्र सहमति गर्ने निर्णय गर्यो । जसले मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ ९.२५ प्रतिशतसम्म ब्याजदर दिने निर्णय लिए ।


क्लिकमान्डु