१६ वर्षपछि राष्ट्र बैंकका पूर्व गभर्नर तिलक रावललाई पोलिमर नोट छपाईमा भ्रष्टाचारको मुद्दा



काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तिलक रावललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोलिमर नोट छाप्दा भष्ट्रचार गरेको आरोपमा १६ वर्षपछि भष्ट्रचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले बिहीबार विशेष अदालतमा राष्ट्र बैंकका पूर्व गभर्नर रावल सहित तत्कालिन नोट विभाग प्रमुख उपेन्द्र केशरी पौडेल र स्थानीय ऐजेन्ट हिमालयबहादुर पाँडेलाई समेत भष्ट्रचारको मुद्दा लगाइएको छ ।

पौडेल र पाँडेलाई समान ९१ लाख रुपैयाँको बिगो कायम गरिएको छ ।

अख्यितारले जारी गरेको विज्ञप्तीमा नेपाल राष्ट्रे बैंकबाट अष्ट्रेलियामा १० को ५ करोड थान पोलिमर नोट छपाई गरिँदा अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको उल्लेख गरेको छ ।

यस्तै गुणस्तरहीन नोट छपाई भएको, नोट प्रिन्टिङ अष्ट्रेलियासँग गैर कानुनी मिलेमतो गरी उक्त स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएकोुु भन्ने समेतको उजुरीउपर आयोगबाट अनुसन्धान हुँदा बोलपत्र पूर्व नै नेपाल राष्ट्र बैंकले नोट प्रिन्टिङ अष्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिने, संचालक समितिका निर्णय चुहाउने काम भएको उल् लेख छ ।

जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अष्ट्रेलियालाइ हस्तान्तरण गर्न लगाउने, नेपाल राष्ट्र बैंक र नोट प्रिन्टिङ अष्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधी बिचका निरन्तर पत्राचार हुने, छापिएका नोटका कमिकमजोरी मिडियामा नल्याउनका लागी मिडियाकर्मीहरुलाई थाईल्याण्ड हुदै अष्ट्रेलिया पठाइएको जनाएको छ ।

नोट छपाईका लागि जसलाई पछि कार्यादेश दिइएको हो उसलाई नै बोलपत्र पूर्व नै नोटको डिजाईन गर्न लगाउने, बोलपत्रका क्रममा स्थानीय प्रतिनिधिको प्रभावमा राजश्व छल्ने नियतले कमिशन उल्लेख नगर्ने, परल मूल्य प्रति हजार अष्टे«लियन डलर ६८ बाट ४ बढाउन लगाई सोही बमोजिम बोलपत्र र सम्झौता गरी नेपाल राष्ट्र बैंकका एव् नोट प्रिन्टिङ अष्ट्रेलियाका पदाधिकारीहरु र त्यसका स्थानीय प्रतिनिधिले नेपाल राष्ट्र बैंकलाई अस्वभाविक मूल्य तिराई नोक्सानी पुर्या्ई आफू समेतलाई फाइदा पुग्ने कसुर गरेको स(प्रमाण पुष्टी हुन आएको अख्तियारको दाबी छ ।


क्लिकमान्डु