बिद्युत सट भर्इ आगलागी हुँदा १२ लाखको क्षति



तुलसीपुर । दाङ जिल्लाकाे  घोराही उपमहानगरपालिका–१५ स्थित आरके इलेक्ट्रोनिक्स सर्भिसमा बिजुलीको तार सर्ट भई आगलागी हँुदा रु १२ लाखभन्दा बढीको क्षति भएको छ ।

आज बिहान उक्त इलेक्ट्रोनिक्स सर्भिसमा आगलागी भएकाे हाे । अागलागीबाट विभिन्न इलेक्ट्रोनिक्स सामान, सवारी साधन बनाउन प्रयोग गरिने विभिन्न सामान  नष्ट भएका छन । त्यसै गरी  ना २अ १९३६ नम्बरको अटोरिक्सा र नगद  समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ ।

अागलागी प्रहरी र दमकलको सहयोगमा  निभाइएको छ ।


पुष्प दुलाल