अर्थमन्त्री खतिवडाले भने- आयात बढ्यो भनेर नआत्तिनोस् (भिडियोसहित)



काठमाडौ । अर्थमन्त्री डा.युवराज खतिवडाले तीब्र आर्थिक बृद्धिका लागि व्यापार अत्याबश्यक भएकाले आयातलाई नकारात्मक रुपमा मात्र हेर्न नहुने बताएका छन् ।

विश्व बैंकद्धारा आयोजित ‘ए ग्लास हाफ फुल’ प्रतिवेदन सार्वजनिक कार्यक्रममा बौल्दै अर्थमन्त्री खतिवडाले ट्रेड रिजाइममा केही कमजोरी भएको र त्यसको समिक्षा गर्नुपर्ने बताए ।

‘देशमा उत्पादनको मात्रा कम छ, यसले मात्र उपभोगलाई धान्दैन, त्यसैले पुँजी निर्माणका लागि आवश्यक सामाग्री आयात गर्दा देशमा व्यापार घाटा भयो भनी नकारात्मक रुपले हेर्नु भएन,’ उनले भने ।


जुन बस्तुको आयातले उत्पादन र अर्थतन्त्रको गुणात्मक बृद्धिमा योगदान पु¥याँउछ, त्यस्तो आयातबाट हामी आत्तिनु नहुने उनको भनाई छ ।

‘दोहोरो अंकको दिगो आर्थिक विकासमा सहयोग गर्ने बस्तुको आयातबाट हतोत्साही नभइदिनुहोस् भन्ने मेरो आग्रह छ,’ खतिवडाले भने ।

व्यापारमा सबै देशले संरक्षण चाहाने उनको भनाई थियो । व्यापारलाई नेपाल भारत सिमासँग जोडदै अर्थमन्त्री खतिवडाले भने- ‘व्यापार बृद्धि नभएसम्म हामी प्रगति गर्न सक्दैनौ । तर साँघुरा बाटो, पुल भएका कारण मालबाहक गाडीहरु सीमा क्षेत्रमा धेरै समय कुर्न पर्ने बाध्यता छ । सामान सुरक्षित राख्नको लागि कोल्ड हाउसको अभाब छ ।

अर्थमन्त्री खतिवडाले व्यापार उदारीकरणले सबैलाई फाइदा नपुगेको बताए ।


पुष्प दुलाल