व्यक्तिगत मुद्दति निक्षेपमा बैंकले जति पनि ब्याज दिन पाउने



काठमाडौं । अब बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा जतिपनि ब्याज दिन पाउने भएका छन् । बैंकर्स संघको मंगलबार बसेको बैठकले यसअघि साढे १० प्रतिशत मात्रै ब्याज दिन पाउने सहमतिलाई खारेज गर्दै बैंक स्वयंले जति मन लाग्छ त्यति दिन पाउने निर्णय गरेको हो ।

‘व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदरको सीमा हटाएका छौं,’ एक बैंकले भने, ‘अब बैंकले आफूअनुकुल जति पनि दिन पाउँछन् ।’

त्यस्तै बचतमा केही लचक हुँदै । ७ प्रतिशतसम्म ब्याज दिन पाउने निर्णय भएको छ ।

त्यसैगरी संस्थागत निक्षेपको ब्याजदरमा पनि केही लचक नीति अपनाइएको छ । १० वर्षसम्मको संस्थागत निक्षेपमा ११ प्रतिशत र १० वर्षभन्दा माथिको संस्थागत निक्षेपमा बैंक र निक्षेप राख्ने संस्थाबीचको आपसी सहमतिमा ब्याज निर्धारण गर्न सकिने छ ।


पुष्प दुलाल