पुरस्कार पाएको सवा करोड के मा खर्च गर्लान् प्रधानमन्त्रीले ?



काठमाडौं । युनिभर्सल पिस फेडरेशन (युपिएफ)ले प्रधानमन्त्री केपी ओलीलाई १ लाख डलर अर्थात सवा करोड नेपाली रुपैयाँ राशीको पुरस्कारले सम्मानित गरेको छ ।

युपिएफले प्रधानमन्धी ओलीलाई ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’ प्रदान गरेको हो ।
राजधानीमा आयोजित एशिया प्यासिफिक शिखर सम्मेलनको समापन अबसरमा आइतबार संस्थाकी अध्यक्ष हाक जा हान मुनले प्रधानमन्त्री ओलीलाई उक्त अवार्ड प्रधान गरिन् ।

उक्त रकम बालबालिका र युवाको क्षेत्रमा खर्च गर्ने गरी कोष स्थापना गर्ने ओलीले बताए ।

‘मैले ब्यक्तिगत रुपमा यो पुरस्कार पाएको हैन, राज्यले पाएकाले यो रकमबाट बालबालिका र युवाको क्षेत्रमा खर्च गर्ने गरी कोष स्थापना गर्न रकम हस्तान्तरण गर्ने छु,’ उनले भने ।


पुष्प दुलाल