कृषि अनुसन्धान परिषद् नार्कप्रति कृषि मन्त्रीको गंभीर असन्तुष्टि



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले कृषि क्षेत्रमा गरेको अनुसन्धान कृषकको माझ नपुगेको भन्दै कृषि अनुसन्धान परिषद् नार्कप्रति असन्तुष्टि जनाएका छन् । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र बाँकेको प्रथम चौमासिक प्रगती समिक्षा गोष्ठिमा बोल्दै मन्त्री खनालले नार्कको प्रगतीबाट पाँच प्रतिशत मात्र सन्तुष्ट रहेको भन्दै नार्कलाई आफ्ना कृयाकलापमा परिवर्तन गर्न आग्रह गरे ।

‘नार्कका कर्मचारीप्रति मेरो कुनै गुनासो छैन, तर तपाईका कृयाकलापबाट म सन्तुष्ट छैन, मन्त्री खनालले भने, ‘कृषि क्षेत्रको अनुसन्धान समान रुपमा फैलाउने काम हुन सकेन, बजेट नभएर, भिजन नभएर हो वा नेतृत्वको लडाई ? त्यो मलाई थाहा छैन तर बनाउने भन्दा भत्काउने काम भयो ।’

नार्कको अनुसन्धान आवश्यकताअनुसार किसानसँग नजोडिएको र किसानको घरमा नपुग्दा राष्ट्रलाई पनि फाइदा नपुगेको मन्त्री खनालको भनाई छ । कि त हामीसँग प्रयाप्त श्रोत साधान र प्रयोगशाला नभएको भनेर हात झिक्न पर्यो, होइन भने फाइदा के भन्दै खनालले प्रश्न गरे ।
आवश्यकता अनुसार कृषि अनुसन्धान फैलाउन नसक्नुको कारण पेश गर्न पनि कृषि मन्त्री खनालले निर्देशन दिएका छन् । नार्कमा रहेका पेशागत युनियन प्रति पनि मन्त्री खनालले आक्रोस पोखेका छन् ।

युनियनले हरेक कुरामा हक्ष्तक्षेप गर्न खोजेको र सबै निर्णय आफैले गर्न खोज्ने हो भने मन्त्री, मन्त्रालय र सरकार किन चाहियो भन्दै प्रश्न गरे । प्रविधिलाई कुराले नभई व्यवहारले किसानसँग जोड्न भन्दै उनले अनुसन्धानलाई केन्द्रीत गरी राज्यको आखाँमा ल्याउन आग्रह गरे ।

उनले जधावाभी बाली लगाएर अनुदान माग्ने मात्र परिपाटी रहेको भन्दै त्यसलाई पनि परिवर्तन गर्न किसानसँग आग्रह गरेका छन् ।

‘अनुसन्धान विनाका जथाभावि भाली लगाएर फाइदा हुँदैन, खनालले भने, अनि असफलता लाग्छ र बाली लगाउन छोड्छन्, त्यसले फाइदा भन्दा घाटा बढी हुन्छ ।

यसैबीच बाँकेको खजुरामा रेन आउट सेल्टर सञ्चालनमा ल्याइएको छ । घाम पानीबाट विउलाई बचाउने प्रविधि रेन आउटको कृषि मन्त्री खनालले उद्घाटन गरेका हुन् । ६६ लाखको लगानीमा उक्त प्रविधि प्रयोगमा ल्याइएको हो । नेपालमा जनकपुर डोटी र खजुरा गरी तीन ठाउँमा यो प्रविधि प्रयोग गरिएको छ ।


पुष्प दुलाल