नेपाली बैंक र रेमिट कम्पनी ठग्ने मलेसियाको म्याक्स मनीलाई नेपालमा कारोबार गर्न रोक



काठमाडौं । नेपाली बैंक तथा रेमिटेन्स कम्पनीलाई रकम नदिएर ठगेको मलेसियाको म्याक्समनीलाई नेपालमा कारोबार गर्न रोक लागेको छ ।

नेपाल राष्ट्र बैंकले परिपत्र जारी गर्दै म्याक्स मनीले नेपालमा कारोबार गर्दा पठाउनुपर्ने रकम नपठाएको भन्दै योसँग कुनैपनि बैंक तथा वित्तीयसंस्था रेमिट कम्पनीले कारोबार गर्नको लागि रोक लगाएको छ ।

राष्ट्र बैंकले विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ले दिएको अधिकार प्रयोग गर्दै म्याक्स मनीसँगको कारोबारमा रोक लगाएको हो ।


क्लिकमान्डु