बिजुली चोर्ने ५३ जना पक्राउ
लहान । हुकिङ गरी विद्युत् चुहावट गर्ने करीब चार दर्जनभन्दा बढी व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्रले पक्राउ गरी जरिवाना गरेको छ ।
उक्त केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाका विभिन्न स्थानबाट सोमबार २८ र मङ्गलबार २५ गरी ५३ जनालाई पक्राउ गरेको हो ।
अनुगमनका क्रममा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको पाइएका सबैलाई नियन्त्रणमा लिई विद्युत् चुहावट ऐनबमोजिम कारवाहीसहित जरिवानावापत ५ लाख ८६ हजार रुपैयाँ राजश्व सङ्कलन गरिएको र सो क्रममा विद्युत् मिटर, पङ्खा र टिभी, एलइडीलगायत सामान पनि बरामद गरिएको उनले जानकारी दिए ।