मंसिर ९ मा काँग्रेस केन्द्रीय समिति बैठक आह्वान, विधान मस्यौदामा छलफल हुने



काठमाण्डौ । नेपाली कांग्रेसले विधान मस्यौदामाथि छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी शीर्ष नेताहरुको अनौपचारिक छलफलपछि कांग्रेसले मंसिर ९ गतेका लागि बैठक बोलाएको हो ।

बैठकमा महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान मस्यौदा समितिले तयार गरेको प्रस्ताव पेस हुनेछ । साथै केन्द्रीय सदस्यहरुलाई दुई दिन अध्ययनका लागि समय दिएर १२ गतेबाट मस्यौदामाथि सदस्यहरुको राय लिने कांग्रेसको तयारी रहेको छ ।

केन्द्रीय सदस्यहरुको सुझावसहित केन्द्रीय समितिले पारित गर्ने विधान संशोधन प्रस्तावलाई मंसिर २८ देखि काठमाडौंमा सुरु हुने महासमिति बैठकमा पेस गरिने छ ।

महासमिति बैठकबाट विधान संशोधनको प्रस्ताव पारित भए कांग्रेसमा नयाँ संविधानको व्यवस्थासहितको नयाँ सांगठनिक संरचना विधानतः निर्माण हुने बताइएको छ ।


क्लिकमान्डु