सेज स्थापनाको लागि उद्योग मन्त्रालयको टोलीले गर्यो चन्द्रपुरमा जमिन अवलोकन



चन्द्रनिगाहपुर । उद्योग मन्त्रालयको टोलीले रौतहटको चन्द्रपुर नगरपालिकामा बिशेष आर्थिक क्षेत्र (सेज) स्थापनाका लागी जमिनको अवलोकन गरेको छ ।

जमिन अवलोकन लागि उद्योग मन्त्रालयका अधिकारी, संसद र स्थानीय तहका जनप्रतिनिधिहरु सहभागी थिए । टोलीले चन्द्रपुर नगरपालिकको वडा नम्बर ६, ७ र ८ मा पर्ने जमिन अवलोकन गरेको छ ।

टोलीले ती वडामा पर्ने नयाँ बस्ति उत्तर कोटीहोम पश्चिम र आपखोल्सी पूर्वको बनक्षेत्रको जमिन अवलोकन गरेको हो । सेज स्थापनका लागी पहलो चरणमा जमिनको प्रारम्भिक अवलोकन गरिएको मन्त्रालयका प्रतिनिधिले बताएका छन् ।

जमिन अवलोकनका लागि मन्त्रालयको टोलीसँगै, प्रतिनिधि सभा साँसद तथा बिकास तथा प्रबिधि समिती सभापति कल्याणी खड्का, नेकपाका केन्द्रीय सदस्य युवराज भट्टराई, पूर्व सभासद रामकुमार भट्टरार्इ, चन्द्रपुर नगर पालिकाका मेयर रामचन्द्र चौधरी, उपमेयर रामरती चौधरी लगायत जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

रौतहटमा सेज स्थापनाका लागि उद्योग मन्त्रालय सकारात्मक रहेका आफूले पाएको प्रतिनिधि सभा विकास तथा प्रबिधि समिति सभापति खड्काले बताइन् । बिशेष आर्थिक क्षेत्र स्थापना पछि सो स्थानमा बिभिन्न उद्योगहरु स्थापना हुनेछन् ।


क्लिकमान्डु