वायु प्रदुषणका कारण वार्षिक ७० लाखको मृत्यु, एक मिनेटमै श्रमिकले गुमाउँछन् १० लाख डलर



काठमाडौं । विश्वव्यापी रुपमा नै वातावरण प्रदुषण असाध्यै खराब अवस्थामा पुगेको । र, त्यसले मानव स्वास्थ्यलाई प्रतिकूल असर पारेको डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ ।

बेलायती समाचार संस्था गार्जियनले प्रकाशित गरेको पछिल्लो एक रिपोर्टअनुसार हरेक मिनेटमा १० लाख डलर (अर्थात् एक मिलियन) बराबरको आम्दानी घटेको छ ।

विश्व बैंकको २०१६ मा प्रकाशित प्रतिवेदनअनुसार सन् २०१३ मा मात्रै वायु प्रदुषणका कारण २२५ बिलियन डलर श्रमिकको आम्दानी पुगेको थियो ।

वायु प्रदुषणका कारण संसारभर ७० लाख नागरिक एक बर्षमा अकालमा मर्न बाध्य भएका थिए । विश्व स्वास्थ्य संगठनकाअनुसार मानव स्वास्थ्य पूर्णरुपमा इमरजेन्सीको अवस्थामा पुगेको छ ।

संसारमा ९० प्रतिशत भन्दा बढी जनसंख्या खराब एवम् प्रदुषित वायु मण्डल भएको स्थानमा बसोबास गर्ने गरेका छन् । दक्षिण तथा पूर्व एशियामा बसोबासको जनघनत्व समेत बढी रहेको छ ।

फोहोर कारखाना, फोहोर पदार्थ बाल्ने स्थान तथा अत्याधिक जनघनत्व र सवारी साधनको बढ्दो चापका कारण पनि वायु प्रदुषणको मात्रा बढदै गएको छ ।

भारतका धेरै जसो शहर वायु प्रदुषणको उच्च चापमा रहेका छन् । चीन वायु प्रदुषणको आठौ नम्बरमा रहेको छ भने इरान तेस्रो नम्बरमा रहेको छ ।

यूरोपमा मात्रै वार्षिक ५ लाख नागरिक वायु प्रदुषणका कारण मरेको तथ्यांमक सार्वजनिक भएको छ ।

पिएम २.५ भन्दा बढी वायु प्रदुषण भएका २० खराब शहरहरु समेत गार्जियनले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

इरानको जाबुल २१७ नम्बरमा रहेको छ भने भारतको ग्वालिएर १७६ नम्बरमा छ । यस्तै भारतको अलाहवाद १७०, साउदी अरबको रियाद १५६, पटना १४९, रायपुर १४४, भारतको राजधानी दिल्ली १२२ नम्बरमा रहेको छ । यस्तै चीनका चार शहर समेत वायु प्रदुषणको उच्च जोखिममा रहेको छ ।


पुष्प दुलाल