अनलाइन कारोबार सुरु गरेकै दिनदेखि नेप्सेको वेभसाइटमा समस्या



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अनलाइन कारोबार प्रणाली सुरु गरेपछि वेभसाइडमा समस्या आएको छ । गत मंगलबार अर्थमन्त्री युवराज खतिवडाले अनलाइन कारोबार प्रणालीको उदघाटन गरेका थिए ।

उदघाटन गरेकै दिन नेप्सेको वेभसाइड चलेन । त्यसपछि भने तिहार विदा सुरु भयो ।

तिहार बिदापछि आइतबारदेखि नेप्सेमा कारोबार भएपनि वेभसाइट भने खुलेन । वेभसाइट नखुलेपछि लगानीकर्ताहरु कारोबारको यथार्थ जानकारी पाउनबाट बञ्चित भएका छन् ।

नेप्सेका महाप्रवबन्धक नरेन्द्र साउदका अनुसार अनलाइन प्रणाली सुरु गरेकाले पूरानो डाटा सानु पर्ने भएकाले वेभसाइटमा केही समस्या देखिएको हो ।

‘अब ५÷१० मिनेटमै खुल्छ,’ आइतबार बिहान ११ः३० मा क्लिकमाण्डूसँग महाप्रबन्धक साउदले भने, ‘पूरानो सिस्टमको डाटा नयाँ सिस्टममा सार्नुपर्ने भएकाले वेभसाइट नखुल्ने समस्या देखिएको हो ।’


पुष्प दुलाल